स्थानीय तहका कर्मचारीको सरुवा पुरानै ठाउँमा कायम – Nepal Press

स्थानीय तहका कर्मचारीको सरुवा पुरानै ठाउँमा कायम

काठमाडौँ । सरकारले विभिन्न स्थानीय तहमा नियुक्त भई कार्यरत स्थानीय तहका कर्मचारीलाई स्थानीय तहको दोहोरो सहमतिको आधारमा गरेको निर्णय पुरानै कायम राखेको छ ।

लोक सेवा आयोगको सिफारिसमा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट विभिन्न मितिमा विभिन्न सेवा समूह र उपसमूहका कर्मचारीलाई अन्तर स्थानीय तहमा समयावधि तोकेर काजमा खटाएको हकमा अर्को व्यवस्था नभएसम्मका लागि पुरानै कायम गरिएको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर