किर्ते भौचर र छाप बनाई १ करोड बढी राजस्व हिनामिनाको आरोपमा लेखापाल पक्राउ – Nepal Press

किर्ते भौचर र छाप बनाई १ करोड बढी राजस्व हिनामिनाको आरोपमा लेखापाल पक्राउ

काठमाडौं । बैंकको किर्ते भौचर र छाप प्रयोग गरी राजस्व हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय भरतपुर चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार पक्राउ परेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका-६ मा बस्दै आएका ५७ वर्षीय परियारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लेखा अधिकृत परियारसमेतको संलग्‍नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरूको दस्तखतसमेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रूपैयाँ सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर