कोरोना बीमा भुक्तानी सुस्त, अहिलेसम्म कतिले पाए रकम ? – Nepal Press

कोरोना बीमा भुक्तानी सुस्त, अहिलेसम्म कतिले पाए रकम ?

काठमाडौं । कोरोना बीमा गरेर पोजेटिभ देखिएका आधा बीमितले अझै रकम भुक्तानी पाउन सकेका छैनन् । बीमा शुरु भएको १० महिना पूरा हुँदापनि निर्जीवन बीमा कम्पनीले बीमितलाई कोरोना बीमा रकम भुक्तानी गर्न नसकेका हुन् ।

सबैभन्दा छिटो बिकेको कोरोना बीमा पोलेसीको भुक्तानी भने सुस्त गतिमा रहेको छ । बीमा समितिले सार्वजानिक गरेको फागुन ९ गतेसम्मको तथ्याङ्कमा कोरोना बीमा दाबी गर्नेको संख्या ७७ हजार १२८ पुगेको छ भने भुक्तानी पाउनेको संख्या ४१ हजार २६१ रहेको छ ।

फागुन ९ गतेसम्मको तथ्याङ्क

यो अवधिमा बीमा कम्पनीले दाबी गर्नेको संख्याभन्दा आधालाई माात्र बीमा रकम भुक्तानी गरेका छन् । गत असारमा नै कोरोना बीमा गरेका र भदौमा पोजेटिभ देखिएका बीमितले लामो समय पर्खदा पनि अझै भुक्तानी रकम पाउन सकेका छैनन् ।

अहिलेसम्म बीमा कम्पनीले बीमितलाई ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिसकेका छन् । अहिलेसम्ममा आधा संख्यामा मात्र बीमा भुक्तानी हुनुमा प्रमाणीकरणको भन्झटिलो प्रक्रिया भएको बताउँछन् बीमा समितिका अध्यक्ष सूर्य प्रसाल सिलवाल ।

उनका अनुसार अहिले प्रमाणीकरणको प्रक्रियामा ५ हजार फाइल रहेका छन् भने १९ हजार फाइल इडीसीडीमा प्रमाणीकरणका लागि पठाइएको छ । कम्पनीलाई जतिसक्दो चाँढो रकम भुक्तानी गर्न समितिले आग्रह गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर