प्रचण्ड-माधवका डोल्पा जिल्ला अध्यक्षले भने- म ओलीतिर छु – Nepal Press

प्रचण्ड-माधवका डोल्पा जिल्ला अध्यक्षले भने- म ओलीतिर छु

काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले डोल्पा जिल्ला अध्यक्ष बनाएका दत्तबहादुर रोकायाले आफू केपी ओली पक्षमा रहेको बताएका छन् ।

उनले आफूलाई जानकारी नदिई अध्यक्ष बनाइएको समाचार आएपछिमात्र थाहा पाएको भन्दै आपत्ति जनाएका हुन् । रोकायाले आफू केपी ओली नेतृत्वको नेकपाको चुनावी अभियानमा रहेको भन्दै अर्को पक्षमा नलागेको प्रष्ट पारेका छन् ।

उनले विज्ञप्ति जारी गरी आफ्नो नाम अर्को समूहको अध्यक्षमा राखिएकोमा असहमति जनाएका हुन् । रोकाया साविक नेकपा एमालेको जिल्ला अध्यक्ष थिए । पार्टी एकीकरणपछि पनि उनी सोही पदमा छन् ।


प्रतिक्रिया

One thought on “प्रचण्ड-माधवका डोल्पा जिल्ला अध्यक्षले भने- म ओलीतिर छु

  1. सोध्ने चलन पनि रहेनछ त पुमा गुटको !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर