घटेको बजारमा नीफ्राको शेयर मूल्य १० प्रतिशले बढ्यो, किन्ने ११ लाखमाथि बेच्ने शून्य – Nepal Press

घटेको बजारमा नीफ्राको शेयर मूल्य १० प्रतिशले बढ्यो, किन्ने ११ लाखमाथि बेच्ने शून्य

काठमाडौं । नेपाल पूर्वाधार बैंक (नीफ्रा) को शेयर मूल्य आज पनि एक घण्टाको व्यापारमा १० प्रतिशतले बढेको छ । आज भएको एक घण्टाको कारोबारमा निफ्राको शेयर मूल्य ६ सय ६० रुपैयाँ पुगेको छ ।

बजार खुलेको एक घण्टामा ११ लाख ८८ हजार १ सय ६४जनाले नीफ्राको शेयर किन्न इच्छुक छन् भने बेच्नेको संख्या शून्य रहेको छ । ४ हजार ४३२ जनाले शेयर माग गरेका छन् ।

यस्तै पहिलो एक घण्टाको नेप्से परिसूचक भने २५ दशमलव ३१ अंकले घटेको छ । कारोबारमा आखुँखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर, शिव श्री हाइड्रोपावर नेपाल हाइड्रो डेभलपर्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पहिलो घण्टाको अवधिमा २०१ ओटा कम्पनीको २२ हजार ९५० पटकको कारोबारमा ५१ लाख ९९ हजार ०९६ कित्ता शेयरको रू। २ अर्ब २५ करोड ३० लाख बराबरको खरीदविक्री भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर