लगातार तेस्रो पटक जोकोभिच बने अस्ट्रेलियन ओपनको च्याम्पियन – Nepal Press

लगातार तेस्रो पटक जोकोभिच बने अस्ट्रेलियन ओपनको च्याम्पियन

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले लगातार तेस्रो पटक वर्षको पहिलो ग्राण्डस्लाम- अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा रुसी खेलाडी ड्यानियल मेड्भेडेभलाई ७-५, ६-२, ६-२ को सोझो सेटमा पराजित गर्दै ३३ वर्षीय सर्वियन खेलाडी जोकोभिचले करियरको १८औं ग्राण्डस्लाम जितेका हुन् ।

जोकोभिचले यो सिजनसँगै ९ पटक अस्ट्रेलियन ओपन, एक पटक फ्रेन्च ओपन, पाँच पटक विम्बल्डन तथा तीन पटक युएस ओपन जितेका छन् ।

Novak Djokovic celebrates winning a ninth #AusOpen title.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर