परराष्ट्र र इञ्जिनियरिङ सेवाकाे सहसचिव र उपसचिव बढुवाकाे विज्ञापन रद्द – Nepal Press

परराष्ट्र र इञ्जिनियरिङ सेवाकाे सहसचिव र उपसचिव बढुवाकाे विज्ञापन रद्द

काठमाडौं । लोक सेवा आयोगले परराष्ट्र र नेपाल इञ्जिनियरिङ सेवाका सहसचिव र उपसचिवको बढुवाको विज्ञापन रद्द गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार आयोगले परराष्ट्र सेवा सहसचिव सरह राजपत्रांकित प्रथम र उपसचिव सरह द्धितिय श्रेणीको बढुवा विज्ञापन रद्द गरेको हो ।

आयोगले बिहिबार एक सूचना जारी गर्दै नेपाल इञ्जिनियरिङ सेवा सिभिल समूह, इरिगेशन उपसमूहको सहसचिव सरह राजपत्रांकित प्रथम श्रेणी तथा नेपाल इञ्जिनियरिङ सेवा,इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उप समूहको उपसचिव सरह राजपत्रांकित द्धितिय श्रेणीका पदको बढुवा तथा विज्ञापन रद्द गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर