क्रिस मोरिस बने आईपीएलका सर्वकालीन महंगा खेलाडी – Nepal Press

क्रिस मोरिस बने आईपीएलका सर्वकालीन महंगा खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग  (आईपीएल)का सर्वाधिक महंगा खेलाडी बनेका छन् । बिहीबार चेन्नईमा जारी अक्सनमा राजस्थान रोयल्सले १६.२५ करोडमा खरिद गरेसँगै यसअघिको युवराज सिंहको कीर्तिमान तोडिएको हो ।

यसअघि युवराज १६ करोडमा बिक्री भएका सबैभन्दा महंगा खेलाडी थिए । सुरुआती मूल्य ७५ लाखदेखि सुरु भएको बोलबोलाई १६.२५ करोडमा पुगेर टुङ्गिएको हो ।

दायाँहाते फास्ट बलर तथा लो अर्डर ब्याट्सम्यान मोरिसले आईपीएलमा हालसम्म ७० खेलमा ५५१ रन बनाएका छन् । उनको स्ट्राइक रेट १५७.८७ छ भने बलिङतर्फ ८० विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *