युभेन्टसमाथि पोर्टोको अग्रता, सेभियामा डर्टमन्डको जित – Nepal Press

युभेन्टसमाथि पोर्टोको अग्रता, सेभियामा डर्टमन्डको जित

एजेन्सी ।  युरोपेली च्याम्पियन्स लिग प्रिक्वाटरफाइनल पहिलो लेगमा क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टसले पोर्चुगलको पोर्टोसँग २–१ गोलको पराजय ब्यहोरेको छ ।

घरेलु मैदानमा पोर्टोले दुवै हाफको पहिलो मिनेटमा गोल गरेको हो । खेल सुरु भएलगत्तै मेहेदी तारेमीले अग्रता दिलाएकोमा दोस्रो हाफ सुरु भएलगत्तै मोउसा मारेगाले गोल गरेका हुन् ।

८२ औं मिनेटमा युभेन्टसका लागि फेडेरिको चिसेले महत्वपूर्ण अवे गोल गरे । दुईबीचको दोस्रो लेग मार्च १० मा एलियान्ज रंगशाला टोरिनोमा हुनेछ ।

यत स्पेनको सेभियाले अग्रता जोगाउन नसक्दा जर्मनीको बोरुसिया डर्टमन्डसँग घरेलु मैदानमा ३–२ गोलको हार ब्यहो¥यो । सेभियाको रोमन सान्चेस रंगशालामा सातौं मिनेटमै सुसोको गोलले घरेलु टोलीले अग्रता बनाएको थियो ।

त्यसयता लगातार ३ गोल खाएपछि पहिलो हाफमै डर्टमन्डले ३–१ को अवस्थामा पुर्‍याएको थियो । डर्टमन्टका लागि युवा स्ट्राइकर इर्लिङ हलान्डको प्रदर्शन शानदार रह्यो । उनले २७ र ४३ औं मिनेटमा गोल गरे भने त्यसअघि १९ औं मिनेटमा महमुद दाउदको गोलका लागि पास उलब्ध गराएका थिए ।

यो तीन अवे गोल डर्टमन्डको क्वाटफाइनल यात्राका लागि निर्णायक पनि बन्न सक्छ । खेलको अन्त्यतिर सेभियाका लूक डी जोङले अर्को एक गोल फर्काएर गोलअन्तर कम गरेका थिए । दुईबीचको दोस्रो लेग मार्च १० मा हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर