सनराइज बैंकंको डेप्यूटी सीइओमा आरती राणा नियुक्त – Nepal Press

सनराइज बैंकंको डेप्यूटी सीइओमा आरती राणा नियुक्त

काठमाडौं । सनराइज बैंक लिमिटेडको डेप्यूटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन् । बैंकको संचालक समितिको आज बसेको बैठकले राणालाई डेप्यूटी सिईओमा नियुक्त गरेको हो ।

राणा यसअघि सोही बैंकमा डेपुटी जेनेरल म्यानेजर (डिजिएम)मा कार्यरत थिइन् । राणासँग नेपालको बौंकिङ क्षेत्रको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव रहेको छ ।

उनले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, कर्पोरेट लेण्डिङ, ब्रान्च म्यानेजमेण्टलगायतका विभागमा रहेर काम गरीसकेकी छन् । राणा १४ महिनाअघि सनराइज बैंकमा नियुक्त भएकी थिइन् । उनले भारतको पुनेबाट माष्टर अफ बिजनेस फाइनान्समा (एमबीए) गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर