मेयर्स कप क्रिकेट प्रतियोगिताका लागि संघलाई महानगरको ५० लाख सहयोग – Nepal Press

मेयर्स कप क्रिकेट प्रतियोगिताका लागि संघलाई महानगरको ५० लाख सहयोग

काठमाडौं ।  ‘मेयर्स कप — २०७७’  क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा  माहानगर र संघबीच  सहयोग सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे ।

हस्ताक्षरपछि कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख  विद्यासुन्दर  शाक्यले महानगरको प्राथमिक क्षेत्र पूर्वाधार, सम्पदा पुनर्निर्माण र शिक्षा स्वास्थ्य भएको भन्दै खेलकुद क्षेत्रको विकास र प्रवर्दनका लागि विस्तारै लगानी बढाउँदै लैजाने बताए ।

‘हामीले विगतका वर्षमा महानगरपालिका क्षेत्र भित्रका फुटवल क्लवहरुलाई सहयोग गर्दै आएका थियौँ, शाक्यले भने,

‘विगतमा ए डिभिजन फुटवल क्लवलाई जनही १० लाख, वी डिभिजनलाई जनही ६ लाख र सी डिभिजनलाई ४ लाख सहयोग गरेकोको मेयरले जानकारी दिए ।

‘फुटवलका माध्ययमबाट देशलाई अन्तराष्ट्रिय स्तरमा पुयाउन यस्तो सहयोग गरेका हौँ,’  उनले भने । शाक्यले फुटवल क्लवलाई जस्तै क्रिकेट क्षेत्रको विकासलाई पनि निरन्तर सहयोग गर्ने बताए ।

‘राष्ट्रिय खेलाडीको मनोबल बढाउन र अन्तरराष्ट्रिय खेलाडी नेपाल आउँदा यहाँको सभ्यता महसुस गराउन महानगरले गएको साफमा केही सहयोग गरेको थियो,’ मेयर शाक्यले भने  ‘खेलाडी र खेलकुदप्रेमीलाई प्रोत्साहन हुने गरी कार्य गरेमा आगामी दिनमा पनि थप सहयोग गर्ने उनले बताए।

उनले आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथामिकता दिदैँ खेलाडीहरुको मनोवल थप उच्चो बनाउनेतर्फ केन्द्रित हुने पनि बताए ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौँ महानगरपालिकाले नेपाली क्रिकेटको स्तर उकास्न र स्तरीय खेलाडी उत्पादनका लागि गरेको सहयोग अतुलनीय रहेको बताए ।

यो सहयोगले खेलाडीहरुको प्रतिभामा थप निखारता आउने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चन्दले भने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर