प्रतिनिधिसभा विघटनको मुद्दामा मिडिया ट्रायल भएको वरिष्ठ अधिवक्ता सुशील पन्तको जिकिर – Nepal Press

प्रतिनिधिसभा विघटनको मुद्दामा मिडिया ट्रायल भएको वरिष्ठ अधिवक्ता सुशील पन्तको जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस चलिरहेका बेला संवैधानिक विषयमा मिडिया ट्रायलको विषय प्रवेश गरेको छ । रिट निवेदकहरुको पक्षबाट मिडिया ट्रायल भइरहेको जिकिर वरिष्ठ अधिवक्ता सुशील पन्तले गरेका हुन् । सरकारको पक्षबाट बहसमा भाग लिएका वरिष्ठ अधिवक्ता पन्तले मिडिया ट्रायल हुनुहुँदैन भन्ने हस्तीहरुले नै त्यही काम गरिरहेको बताए ।

इजलासमा पन्तले भने– यो विषयमा मिडिया ट्रायल भयो । मिडिया ट्रायल हुनुहुँदैन भन्ने हस्तीहरुले नै मिडिया ट्रायल गरेका छन् श्रीमान् । यो संवैधानिक विषय हो, मिडिया ट्रायलको होइन ।

मिडियामा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा पूर्व प्रधानन्यायाधीशहरु र केही वरिष्ठ अधिवक्ताहरु नै लबिङमा लागेको भन्दै उनले यस्तो प्रसंग निकालेका हुन् ।

पन्तले बृहत् पूर्ण इजलास आवश्यक नरहेको र निवेदनमै निवेदकहरुले गम्भीर संवैधानिक व्याख्या समेत आवश्यक भयको उल्लेख गरेकाले संवैधानिक इजलास नै उपयुक्त हुने बताए ।

पन्तले भने– बृहत् पूर्ण इजलास भनेको पूर्ण इजलासले निर्णय गर्ने कुरा हो । पूर्ण इजलासको आदेशबाट मात्रै बृहत् पूर्णमा जान सक्छ । अहिलेको हाम्रो कम्पोजिसनले यो मुद्दालाई बृहत् पूर्णमा लैजान सक्दैन । एकपटक संवैधानिक इजलासमा आइसकेपछि अन्त पठाउन आवश्यक छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर