विश्व बैंकको रिपोर्ट : कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र – Nepal Press

विश्व बैंकको रिपोर्ट : कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत  रहने बताएको छ । कोरोना महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ०. ६ प्रतिशतमा मात्र सिमित रहने विश्व बैंकको भनाइ छ ।

विशेषगरी पर्यटन क्षेत्रमा परेको प्रभावले आर्थिक वृद्धिदर खुम्चिने विश्व बैंकको भनाइ छ । विश्व बैंकले मंगलबार सार्वजानिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकले यस अघि चैत महिनामा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतले रहने प्रक्षेपण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर