गोठमा गाडिएको अवस्थामा बालकको शव भेटियो, ५ जना पक्राउ

धनुषा । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ ।
विदेह नगरपालिका २ दुहबी बस्ने जीवन रायका छोरा ६ वर्षीय अभिनन्दन रायको हत्या गरी गोठमा शव गाडिएको अवस्थामा बिहान फेला परेको हो ।
बालकको हत्या आरोपमा सोही ठाउँ बस्ने ६० वर्षीय ब्रम्हदेव रायलगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
घर अगाडि खेल्ने क्रममा बुधबार दिउँसोबाट बेपत्ता भएका अभिनन्दनको बिहीबार ब्रम्हदेवको गोठमा गाडिएको अवस्थामा शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरी चौकी दुहबीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।