एभर्टनलाई हराउँदै लिग कपको सेमिफाइनलमा पुग्यो म्यानचेस्टर युनाइटेड – Nepal Press

एभर्टनलाई हराउँदै लिग कपको सेमिफाइनलमा पुग्यो म्यानचेस्टर युनाइटेड

एजेन्सी । एभर्टनलाई उसकै मैदानमा पराजित गरी म्यानचेस्टर युनाइटेडले इंग्लिस नकआउट प्रतियोगिता लिग कपको सेमिफाइनलमा पुगेको छ ।

खेलको अन्तिम ७ मिनेट संहालिन नसक्दा एभर्टन नियमित समयमा पराजित हुनुप¥यो । युनाइटेडका लागि ८८ औं मिनेटमा मात्र निर्णायक सफलता रह्यो । एन्थोनी मार्सलको पासमा इडिसन काभानीले गोल गरेका हुन् ।

इन्ज्यूरी समयको अन्तिम मिनेटमा मार्सलले नै युनाइटेडका लागि दोस्रो गोल गरे र टिमलाई सेमिफाइनल प्रवेश निश्चित गरे ।

जितपछि कप्तान ह्यारी मगायरले उनको टोली उपाधिहरु जित्ने प्रक्रियाको सुरुआत भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर