गुगल डुडलमा एनिमेटेड ‘ग्रेट कन्जक्सन – Nepal Press

गुगल डुडलमा एनिमेटेड ‘ग्रेट कन्जक्सन

काठमाडौं। नासासँग सहकार्य गरेर आज गुगलले डुडलमा एनिमेटेड ‘ग्रेट कन्जक्सन’ राखेको छ । आज सौर्यमण्डलका दुई ठूला ग्रहहरू बृहस्पति र शनि ८०० वर्षपछि नजिकै देखिंदै छन् ।

र, ऐतिहासिक दिनलाई गुगलले विश्वभरका प्रयोगकर्ताले देख्ने र सम्झिने गरी डुडलमा राख्दै आएको छ । सामान्यतया हामीले गुगलको लोगोमा एनिमेटेड ‘ग्रेट कन्जक्सन’ अर्थात् दुई ग्रहहरूको मिलनलाई राखेको छ ।

आज करिब ८०० वर्षपछि यी दुई ग्रहहरू पृथ्वीको आकाशमा एकदमै नजिक देखिने छन् । वास्तवमा यी दुई ग्रहहरू करोडौं किलिमिटर टाडा भए पनि धर्तीबाट हेर्दा नजिकै देखिने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर