वान् प्लसको आगामी सिरिजमा ५० मेगापिक्सेल ट्रिपल क्यामेरा – Nepal Press

वान् प्लसको आगामी सिरिजमा ५० मेगापिक्सेल ट्रिपल क्यामेरा

काठमाडौं । चिनियाँ स्मार्टफोन वान् प्लस ९, वान् प्लस ९ई र वान् प्लस ९ प्रो २०२१ को मार्चमा लञ्च हुने सम्भावना छ ।

एक हप्ता अगाडि एक विश्वसनीय गोप्य सूचना दिने संस्थाले वान् प्लसले आगामी स्मार्टफोन सिरिज वान् प्लस ९का लागि जर्मन क्यामेरा निर्माता कम्पनी लेइकासँग सहकार्य गर्ने सूचना बाहिर ल्याएको थियो ।

यदि यो सूचना सत्य साबित भयो भने वान् प्लसको नयाँ सिरिजका फोनको क्यामेरा डिपार्टमेन्टमा उल्लेखनीय सुधार हुने सम्भावना पनि बढेको छ । यसै क्रममा वान् प्लसको आगमी सिरिजबारेको अर्को पनि सूचना बाहिरिएको छ ।

स्लासलिक्सले बाहिर ल्याएको सूचनामा वान् प्लस ९ सिरिजमा हुने क्यामेराको कन्फिगुरेसन्सको बारेमा बताइएको छ । त्यो सूचना अनुसार वान् प्लस ९ को ५० मेगापिक्सेल अल्ट्रा भिजिन वाइड-एन्गल एफ/.९ एपर्चरसहितको क्यामेराले लिड गर्नेछ । यसको जोडी क्यामेराको रूपमा २० मेगापिक्सेल सिने क्यामेरा रहने छ । त्यसमा एप/१.८ एपर्चर समावेश हुनेछ ।

त्यस्तै तेस्रो क्यामेरा अप्टिकल इमेज स्टेबलाइजर (ओआईएस)सहितको १२ मेगापिक्सेल टेलिफोटो क्यामेरा हुनेछ । त्यसमा अटोफोकस र एफ/३.४ एपर्चर हुने स्लासलिक्सले बताएको छ ।

गतसाता फोनएरिनाले सेयर गरेका स्पेसिफिकेसनमा वान् प्लस ९ मा ६.५५ इञ्चको फुल एचडी+ फ्ल्याट स्क्रिन दिइने र २०:९ को आस्पेक्ट रेसियोमा उपलब्ध हुनेछ । एक सय २० हर्ट्ज रिफ्रेस रेट सपोर्ट दिइने बताइएको थियो । यो स्मार्टफोन ८ जिबी र्‍याम, १२८ जिबी स्टोरेज हुने र अक्सिजनओएस बेस्ड ११ ओएस हुनेछ ।

फोनएरिनाले वान् प्लस ९ को सेल्फी क्यामेरा १६ मेगापिक्सेलको हुने र ४८ मेगापिक्सेलको मुख्य रिअर (पछाडि) क्यामेरा हुनेछ । लाइभ सट्सले वान् प्लस ९ को पछाडी पञ्च-होल स्क्रिन र रेक्टेन्गल-सेप्ड क्यामेरा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर