प्रचण्डले भने- ओलीलाई स्पष्टीकरण सोधिएको छ, एकता भत्काउन सक्दैनन् – Nepal Press

प्रचण्डले भने- ओलीलाई स्पष्टीकरण सोधिएको छ, एकता भत्काउन सक्दैनन्

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय भइसकेको भन्दै कुनै व्यक्तिको पार्टी विरोधी गतिबिधिले पार्टी एकतालाई भत्काउन नसक्ने बताएका छन् ।

प्रचण्डले सोमवार प्रेस विज्ञप्ति जारी गरि नेकपा एकताबद्ध रहेको र कुनै व्यक्तिको पार्टी,राष्ट्र र जनता विरोधिी कार्यले पार्टी एकतालाई तात्विक असर नपर्ने बताएका हुन् ।

उनले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवपृति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन कार्यकर्तालाई आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर