टिकटकले लियो ज्यान, झोलुंगे पूलबाट खसेका रमेशको उपचारका क्रममा निधन – Nepal Press

टिकटकले लियो ज्यान, झोलुंगे पूलबाट खसेका रमेशको उपचारका क्रममा निधन

दाङ । दाङको पुरन्धाराको छहरामा पिकनिक गएको समयमा झोलुंगे पूलबाट खसेर शनिबार गम्भीर घाइते भएका रमेश थापाको उपचारका क्रममा आज निधन भएको छ ।

टिकटक बनाउन झोलुंगे पूलको लठ्ठामा झुन्डिएका रमेश फर्कन नसक्दा त्यहीँबाट बबई नदीको बगरमा खसेका थिए । तत्कालै उद्दार गरी प्रादेशिक अस्पताल तुलसीपुर  पुर्र्याइएको थियो । त्यहाँ उपचार संम्भव नभएपछी थप उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको थियो । उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको हो ।

बबई गाउँपालिका ५ स्थित पुरन्धारा झरना आन्तरिक पर्यटकको आर्कषक गन्तव्य हो । त्यहाँ देशका विभिन्न जिल्लाबाट छहरा हेर्न आउनेको भीड लाग्छ ।

करिब ३५ किलोमिटरको दुरीमा रहेको बिजौरीका युवाको छहराले मन नलोभ्याउने कुरै भएन । त्यसैले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ बिजौरीका युवाहरु शनिवार बनाउन पुरान्धारा छहरा पुगेका थिए ।

स्थानीय झुपु क्षेत्रीका अनुसार पिकनिक गएको बिजौरीको टोलीले दिउँसोको करिव २ बजे खाजा खाएको थियो । खाजा खाने बेला केहीले मदिरा समेत सेवन गरे । खाना खान बाँकी नै थियो ।

खाजा खाएपछी केहीले खाना बनाउन व्यस्त रहे भने केही रमाइलो गर्न मस्त भए । रमाइलो गर्ने समुहमा थिए २४ वर्षीय रमेश थापा । पेशाले उनी यातायात व्यवसायी हुन् । उनको गाडी स्थानीय रुटमा चल्ने गर्छ ।

नाँचगान गर्दागर्दै रमेशसहितका साथीहरु सहित नजिकै रहेको झोलुंगे पुलमा पुगे । यत्तिकैमा उनीहरुलाई टिकटक बनाउने ‘मुड’ चल्यो । अरुले पुलमै टिकटक बनाए भने रमेश पूलको सपोर्ट तारमा झुन्डिएर टिकटक बनाउन तम्सिए । साथीहरुले त्यसो नगर्न भनिरहेकै थिए ।

मदिरा सेवन समेत गरेका रमेशको जिद्दीका अगाडी कसैको केही चलेन । उनी तारमा झुन्डिएर केहि तल पुगे, माथि फर्कन खोज्दा सकेनन् । केहिबेरको प्रयासपछि उनको हात गल्यो र करिव ५० मिटर तल बगरमा बजारिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर