वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत क्षेत्रीको हृदयाघातबाट निधन – Nepal Press

वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत क्षेत्रीको हृदयाघातबाट निधन

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयाघातबाट मृत्यु भएको छ ।

वीरेन्द्रनगर-७ निवासी क्षेत्रीले सुर्खेतको पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट उद्घाटन समारोहमा उद्घोषक बनेका थिए । उक्त कार्यक्रमपछि छाँती दुखेको बताएका क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सहभागी भएका थिए ।

५२ वर्षीय क्षेत्रीले २०७४ साउन १५ बाट वीरेन्द्रनगर नगरपालिकामा लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । क्षेत्रीका एक छोरा र दुई छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *