दाउन्नेको सडक अवरुद्ध १ घन्टामा हटाउने दुई जिल्लाको निर्णय – Nepal Press

दाउन्नेको सडक अवरुद्ध १ घन्टामा हटाउने दुई जिल्लाको निर्णय

रुपन्देही । बुटवल–नारायणघाट सडकखण्ड अन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ । मनसुन भित्रिएसँगै पूर्व तयारी स्वरुप पश्चिम् र पूर्वी खण्डको सिमानामा पर्ने दाउन्नेमा यात्रा सहज बनाउनका लागि पूर्वी र पश्चिम नवलपरासीका सुरक्षा निकाय र आयोजना कम्पनीबीच बिनयी त्रिवेणी गाउँपालिकामा भएको छलफलले सडक सहज बनाउने निर्णय गरेको हो ।

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा वर्षायाममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रा सहज गर्ने विषयमा विभिन्न छलफल भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए । पहिरो जोखिम क्षेत्रमा नियमित ढङ्गबाट सडक सुचारु गर्नका लागि यान्त्रिक उपकरण र मानवीय स्रोतको व्यवस्थापन आयोजनाले गर्ने निर्णय भएको पश्चिम खण्डका आयोजना प्रमुख शसाङ्क मिश्रले बताए ।

‘१० किलोमिटर क्षेत्रमा अलि समस्या हुनसक्छ, वर्षातमा पहिरो जाने, सवारीसाधन फस्ने हुँदा तुरुन्तै यात्रा सहज गर्न हामीले ५ स्थानमा जनशक्तिसहित यान्त्रिक उपकरणको व्यस्था मिलाएका छौ’ मिश्रले भने ।

आयोजनाबाट उपलब्ध यान्त्रिक उपकरण र अपरेटरको विवरण जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)लाई आयोजनाले उपलब्ध गराउनुपर्ने र २४ घण्टा नै तयारी अवस्थामा रहनुपर्ने बैठकमा निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *