सेयर बजार २१ सय बिन्दुमा उक्लियो, ४ कम्पनीको सेयरमा सर्किट – Nepal Press

सेयर बजार २१ सय बिन्दुमा उक्लियो, ४ कम्पनीको सेयरमा सर्किट

काठमाडौ । सेयर बजारमा मंगलबार हरियाली छाएको छ । नेप्से सूचक २१ सयको मनोवैज्ञानिक बिन्दुमाथि उक्लिएको छ । मंगलबार नेप्से सूचक ३३.१५ बिन्दुले बढेर २११५.२४ अंकमा अडिएको हो ।

सबै समूहका सूचकमा हरियाली छाएको छ । यसदिन ५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बरुण हाइड्रोपावर, ग्रिनभेन्चर लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर मूलय १० प्रतिशतले बढेको छ । आज जलविद्युत कम्पनी चम्किएका छन् । यस दिन ३११ कम्पनीको १ करोड २६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । यसको ३६ करोड ३० लाखभन्दा बढी सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर