जसपा नेपालको महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु – Nepal Press

जसपा नेपालको महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनअन्तर्गतको बन्द सत्रमा समूहगत छलफल सुरु भएको छ।

पार्टी अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनउपर छलफल गर्न प्रतिनिधिहरुलाई विभिन्न दशवटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ-आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्ने छन् । प्रत्येक समूहमा एककसय बीसजना प्रतिनिधि रहेका छन् ।

जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर