प्रवक्ता महतलाई प्रश्न- कांग्रेसको भावी सभापतिमा गगन थापाको चर्चा छ नि ? (भिडिओ) – Nepal Press

प्रवक्ता महतलाई प्रश्न- कांग्रेसको भावी सभापतिमा गगन थापाको चर्चा छ नि ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको आगामी महाधिवेशनबारे अहिले चर्चा गर्नु हतार हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वडा तहबाटै प्रक्रिया सुरू नभएकाले नेतृत्वबारे छलफल गर्न उपयुक्त नहुने बताए ।

पार्टी सभापतिमा त गगन थापाको चर्चा छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘महाधिवेशन धेरै टाढा छ । व्यक्तिबारे म जान चाहन्न । इच्छा राख्ने धेरै छन् । समय आएपछि आआफ्नो आकांक्षा प्रस्तुत गर्छन् । पार्टीका प्रतिनिधिले निर्वाचित गर्छन् । अहिले वडा तहमा त सुरू भएको छैन । समय बाँकी छ। त्यसैले अहिले चर्चा गर्नुको कुनै अर्थ छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर