अब हामीले कार्यक्रम सञ्चालनको मोडालिटी परिवर्तन गर्नुपर्छ : मन्त्री श्रेष्ठ (भिडिओ) – Nepal Press

अब हामीले कार्यक्रम सञ्चालनको मोडालिटी परिवर्तन गर्नुपर्छ : मन्त्री श्रेष्ठ (भिडिओ)

काठमाडौं । ‘श्रमाधान रोजगार मेला’ आज देखि बाग्मती प्रदेशको ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा सुरु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मेला सञ्चालनको मोडालिटी नै परिवर्तन गर्नुपर्ने देखिएको बताएकी हुन् ।

कार्यक्रम सञ्चालनको मोडालिटी पुरानै शैलीमा गरिएको उनको भनाई छ । अब कार्यक्रमहरूको मोडालिटीलाई चेन्ज गरिनुपर्ने उनले बताइन् ।

‘यस्तो खालको मेला अति नै आवश्यक छ । कार्यक्रम यस पटक यस्तै भयो । मैले यस्ता कार्यक्रमहरूको मोडालिटी परिवर्तन गर्नुपर्छ जस्तो महसुस गरे । अलिक पुरानै शैलीमा कार्यक्रम सञ्चालन भएको छ । करिअर काउन्सिलसङ जस्तो अभ्यास स्कुलहरू तथा विश्वविद्यालयहरूमा लैजाने प्रयास गर्नेछौँ । हाम्रो मन्त्रालयले पनि यो वर्ष देखि करिअर काउन्सिलबाट सुरु गर्दै छौ । कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल गरिने छ । श्रम मन्त्रालय, उद्योग, शिक्षा मन्त्रालय मात्रै नभएर अन्य मन्त्रालयसँग पनि जोडिनुपर्ने छ । सहकार्य लागि पनि हामीले छलफल चलाई रहेका छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *