प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने विद्यार्थीलाई दिएन हार्डभर्डले शैक्षिक प्रमाणपत्र – Nepal Press

प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने विद्यार्थीलाई दिएन हार्डभर्डले शैक्षिक प्रमाणपत्र

काठमाडौँ । इजरायलले गाजामा गरेको नरसंहारको विरुद्धमा भएको प्रदर्शनमा उत्रेका विद्यार्थीहरूलाई अमेरिकाको हार्डभर्ड विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र दिनबाट वञ्चित गरेको छ ।

हार्डभर्डमा स्नातक पढिरहेका विद्यार्थी श्रद्धा जोशी र आस्मेर असरर साफीले आफूलाई हार्डभर्डको गत मे २३ मा भएको दीक्षान्त समारोहमा शैक्षिक प्रमाणपत्र नदिइइको अलजजिरालाई बताएका छन् ।

आफूले पढेका फ्याकल्टीले सबै साथ दिएर पनि आफूलाई प्रमाणपत्र नदिइको टेक्ससमा जन्मे हुर्केकी जोशीले अलजजिरालाई दुःखेसो पोखेकी छिन् ।

उनीहरू दुई जना सहित १३ जनालाई हार्डभर्डले प्रमाणपत्र नदिइएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर