गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- देशभन्दा जीवी राई ठूलो रहेछन् ? (भिडिओ) – Nepal Press

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- देशभन्दा जीवी राई ठूलो रहेछन् ? (भिडिओ)

गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ?

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई जीवी राई कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीबाट ठूला भ्रष्टाचारको फाइल खुल्ला भनेर आफूहरू हेरिरहेको बताए।

उनले भने, ‘अहिले हामी ठूला फाइल खोलिन्छ कि भनेर बसेका छौँ। गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ? यो संसदमा सुन्न आतुर छौँ। मेलम्ची, फोरजी, वाइडबडीलगायतका ठूला घोटालामा टसमस भएको छैन। आज नेपाल ठूलो हो कि जीवी राई ठूलो हो ? मलाई लाग्छ आज यो देश भन्दा ठूलो जीवी राई हो। यो सरकारले पक्राउ गर्न सकेको छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर