काठमाडौं महानगरका अस्पताललाई आफ्नै औषधि पसल चलाउन १५ दिने अल्टिमेटम – Nepal Press

काठमाडौं महानगरका अस्पताललाई आफ्नै औषधि पसल चलाउन १५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा रहेका अस्पतालहरूलाई आफ्नै औषधि पसल सञ्चालन गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।

महानगरको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र रहेका सबै अस्पतालहरूले आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न भनेको हो ।

अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा औषधि पसल नहुँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित हुनुपरेको साथै चर्को मूल्य तिर्नुपरेको गुनासोसमेत महानगरमा आएको बताइएको छ  ।अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२ अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड र अस्पतालहरूले आफ्नो स्वामित्वमा फार्मेसी चलाउनुपर्ने सर्वोच्चको आदेशलाई पनि महानगरले सम्झाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *