मधेशका मुख्यमन्त्री यादवको प्रेस सल्लाहकार अग्रहरीले दिए राजीनामा – Nepal Press

मधेशका मुख्यमन्त्री यादवको प्रेस सल्लाहकार अग्रहरीले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवका प्रेस सल्लाहकार सिताराम अग्रहरीले राजीनामा दिएका छन् ।

०७९ फाल्गुन १९ मा अग्रहरी मुख्यमन्त्री यादवको प्रेस सल्लाहकार नियुक्त भएका थिए । मुख्यमन्त्री यादवसँग असन्तुष्टी पोख्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

ुकरिब १४ महिनापछि राजीनामा दिएर जनकपुर छाड्दै छु,’ उनले सामाजिक संजालमा लेखेका छन्,‘आफैसँग खुश छैन । दुस्ख लाग्दछ( सोचेको केही हुन सकेन । मेरो क्षमताको एक अंश पनि उपयोग हुन सकेन ।’

अग्रहरी गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक हुन् । कोशी प्रदेशका उनी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको आग्रहमा मधेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकार नियुक्त भएका थिए ।

उनले अध्यक्ष यादवसमक्ष राजीनामाको प्रस्ताव पहिले नै राखेको तर अस्वीकार गरेको पनि उल्लेख गरेका छन् ‌। उनले भनेका छन्,‘धेरै पहिले छाड्नुपर्थ्यो, आदरणीय अध्यक्ष ज्यू समक्ष मैले प्रस्ताव पनि गरेको हुँ । तर उहाँले स्वीकार गर्नुभएन । जेहोस् एउटा नयाँ अनुभव लिएर जाँदैछु मायाको ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *