ह्वाट्सएपको कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपबाट कसरी बाहिर निस्कने ? – Nepal Press

ह्वाट्सएपको कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपबाट कसरी बाहिर निस्कने ?

काठमाडौं । ह्वाट्सएपको कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपमा तपाईंहरूलाई कसैले जोडिदिएको हुनसक्छ । उक्त कम्युनीटी तथा अनाउन्समेन्ट ग्रुपहरूमा एकले अर्कोलाई जोड्न सक्छ ।

यसरी जोडिएका कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपहरूमा एड्मीन अर्थात मुख्य व्यक्तिले मात्रै मेसेज पठाउन मिल्ने हुन्छ । अरूले त्यसलाई हेर्न मात्रै मिल्छ । यद्यपि त्यसको एड्मीन एक भन्दाबढी पनि हुन सक्छन् । जसले उक्त कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपमा मेसेज पठाउन सक्छन् ।

यस्ता कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपहरूलाई डिलिट गर्न मिल्दैन । त्यसबाट सजिलै बाहिर अर्थात् ‘लिभ’ गर्न पनि मिल्दैन । सामान्यरूपमा ह्वाट्सएपको बारेमा थाहा नभएका प्रयोगकर्ताहरूलाई बाहिर निस्कने अथवा लिभ गर्ने कुरा थाहा नहुन पनि सक्दछ ।

यस्ता ग्रुपहरूमा बारम्बार मेसेज आएर कतिपय प्रयोगकर्ताहरू हैरान हुने गरेका छन् । सामान्य ह्वाट्सएप अकाउन्टका प्रयोगकर्ताहरूलाई जसरी ब्लक अथवा मेसेन्जर ग्रुप लिभ गरे जसरी कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपहरूबाट बाहिर निस्कन सकिदैन ।

यसरी बन्द गर्नुहोस् कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपहरु

ह्वाटसएपका कम्युनिटी ग्रपहरुमा जोडिएमा सबैभन्दा पहिले उक्त ग्रुपमा जानुपर्ने हुन्छ । उक्त ग्रुपको टपमा रहेका ‘थ्रि डट’ जानुपर्ने हुन्छ ।

थ्रि डटमा क्लिक गरेपछि अगाडि आउने अप्सनहरूमा ‘अनाउन्समेन्ट इन्फो’ मा जानुपर्ने हुन्छ । अनाउन्समेन्ट इन्फोनमा आउँदा सबैभन्दा तल ‘एक्जिट ग्रुरुप’ नामक अप्सनमा क्लिक गरेर त्यहाँबाट बाहिर निस्कन सकिन्छ ।

त्यस्तै, अनाउन्समेन्ट इन्फोको सबैभन्दा तल ‘डिएक्टिभेट अनाउन्समेन्ट’ नामक अप्सन पनि रहेको हुन्छ । उक्त अप्सनबाट पनि यस्ता अनाउन्समेन्ट कम्युनिटीबाट बाहिर अथवा बन्द गर्न सकिन्छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर