शेयर बजारले बजेटलाई पत्याएन – Nepal Press

शेयर बजारले बजेटलाई पत्याएन

काठमाडौं । शेयर बजारले बजेटलाई पत्याउन नसकेको देखिएको छ । मंगलबार बजेट आएपनि बजार घट्नेक्रम बिहीबार पनि कायम रहेको छ ।

बिहीबार नेप्से परिसूचक १९.८९ बिन्दुले घटेर २०६९.५३ अंकमा अडिएको छ । यस दिन ४ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ३ वटा समूहमात्र सकारात्मक भएका छन् । बुधबार पनि बजार २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा अडिएको थियो भने बजेट आउनु अघिल्लो दिन सोमबार बजार ३.८९ अंकले बढेर २१२४.१३ विन्दुमा अडिएको थियो ।

शेयर बजारका लगानीकर्ताको सुझाव बजेटमा नसमेटिएको भन्दै लगानीकर्ताहरुले नकारात्मक प्रतिक्रिया दिइरहेका छन् । यसको सिधा असर शेयर बजारमा परेको छ । बजेटमा शेयर बजारलाई प्रत्यक्ष सम्बोधन गरिएको छैन ।

यद्यपि, नियामक नेपाल धितोपत्र बोर्ड (नेपाल स्टक एक्सचेन्ज) सिडिएस एण्ड क्लियरिङ सम्मको संरचनात्मक सुधारका विषय भने बजेटमा विषय उठाइएको छ ।

आज ३११ कम्पनीको ९८ लाख ६४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । यसको १९ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कराोबार भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर