बिर्तामोडमा गहना लुट्न वृद्धाको हत्या, संलग्न ५ जना ३ सातापछि सार्वजनिक – Nepal Press

बिर्तामोडमा गहना लुट्न वृद्धाको हत्या, संलग्न ५ जना ३ सातापछि सार्वजनिक

काठमाडौं । झापाको बिर्तामोडमा ३ साताअघि भएको वृद्धाको हत्या लुटपाटका लागि भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६७ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ । वैशाख २६ गते बिर्तामोड नगरपालिका-४ शिवनगरमा बिहान साढे ७ बजे आफ्नै घरमा बसिरहेकी विष्टको टाउकोमा हतियार प्रहार गरी हत्या भएको थियो ।

पक्राउ पर्नेमा शिवनगरकै २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र अर्जुनधारा-६ का ४३ वर्षीय धनबहादुर कामी छन् । गंगा हत्या र चोरीमा संलग्न मुख्य व्यक्ति रहेको सीआईबीको भनाइ छ ।

महेशले चोर्न जान सहयोग गरेको, वर्षाले चोरेर ल्याएको सामान लुकाउन सहयोग गरेको, माझीले मृतकको सुन बेच्न सहयोग गरेको र कामीले लुटिएको सुन खरिद गरेको प्रहरीको दाबी छ।

सुनको हातमा लगाउने बाला, सुनको सिक्का भएको बेरुवा औँठी, सुनको जन्तर, मृतकले लगाएको सुनको सिक्री, कानमा लगाउने सुनको टप र चाँदीको कलश बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *