मकवानपुरमा करेन्ट लागेर बालकको मृत्यु – Nepal Press

मकवानपुरमा करेन्ट लागेर बालकको मृत्यु

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा करेन्ट लागेर बालकको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका– ५ का १३ वर्षीय रोहित रुम्बाको करेन्ट लागेको मृत्यु भएको हो ।

इन्द्रसरोवर– ५ बाघखोरस्थित सडक निर्माणको लागि स्थापना गरिएको क्रसरको ट्रान्समिटरको तार छुँदा राकेश रुम्बाका १३ वर्षीय छोरा रोहितको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीले बताए ।

प्रहरीका अनुसार मृतक रुम्बाको मानसिक अवस्था ठीक नभएको परिवारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *