बजेटको अघिल्लो रात अर्थ सचिव म्याट्रेस ल्याएर सुत्नुभयो, अहिले रिल्याक्स मुडमा छु : मन्त्री पुन – Nepal Press

बजेटको अघिल्लो रात अर्थ सचिव म्याट्रेस ल्याएर सुत्नुभयो, अहिले रिल्याक्स मुडमा छु : मन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट बनाउँदा चौतर्फी दबाब भए पनि अहिले बजेट ल्याइसकेपछि रिल्याक्स मुडमा भएको बताए ।

पुनले बजेट बनाउनेहरूको दैनिकी कस्तो भयो भनेर जान्न मन लागेको होला भन्दै बजेटको अघिल्लो रातको किस्सा सुनाए ।

उनले भने, ‘साथीहरू सबै व्यवस्था भए म आफै पनि रातभर बसेर बिहान तीन बजे घर गएर सुते, अर्थसचिव चाहिँ म्याट्रेस ल्याएर आउनु भएको थियो उहाँ यही सुत्नु भयो । राजस्व सचिव पनि बिहान तीन बजे घर जानु भयो ।’

बजेट ल्याइसकेपछि अहिले रिल्याक्स मुडमा भएको पुनले बताए । मन्त्री पुनले मङ्गलवार १८ खर्ब ६० अर्बको बजेट ल्याएका हुन । सो बजेट सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठित बजेटको मस्यौदा लेखन समितिले लेखेको हो ।

समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य थिए । बजेटलाई अन्तिम रूप भने अर्थमन्त्री तथा सचिवहरूले दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर