मापसेलगायत ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर खटाइयो (तस्बिरहरू) – Nepal Press

मापसेलगायत ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर खटाइयो (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मापसेलगायत ट्राफिक नियम उल्लंघकर्ता सवारी चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाइएको छ ।

गणतन्त्र दिवसको दिन हिजो उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारी भएका बेला महिला ट्राफिक प्रहरीलाई ४ दिन सडकमा नखटाइ उनीहरूको सट्टा ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने निर्णय गरेका थिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन श्रेष्ठका अनुसार गृहमन्त्रीको निर्देशनअनुसार आजदेखि सडकमा उनीहरूलाई स्वयंसेवकको रूपमा खटाइएको हो ।

मापसे, लेन क्रस, ट्राफिक लाइटलगायतमा परेका सवारी चालकहरूलाई विभिन्न चोक तथा सडकको जेब्रा क्रसमा ट्राफिक व्यवस्थापन र पैदलयात्रीको सहजीकरणमा परिचालन गरिएको छ ।

काठमाडौं उपत्यकामा मात्र २ सय भन्दा बढी महिला ट्राफिक प्रहरीका रूपमा कार्यरत छन् । उनीहरूलाई सडकमा नखटाइएका बेला ट्राफिक नियम उल्लंघनकर्तालाई स्वयंसेवकका रूपमा परिचालन सुरू गरिएको हो ।

काठमाडौं उपत्यकामा दैनिक ३ हजारभन्दा बढी सवारी चालक कारबाहीमा पर्छन् । जरिवानासँगै कतिपय उल्लंघनमा ट्राफिक कक्षा अनिवार्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *