अधिक जोखिम रहेको घरजग्गा, शेयर बजार र सहकारीको सघन सुपरिवेक्षण गरिने – Nepal Press

अधिक जोखिम रहेको घरजग्गा, शेयर बजार र सहकारीको सघन सुपरिवेक्षण गरिने

काठमाडौं । सरकारले अधिक जोखिम रहेको क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत अधिक जोखिम रहेको क्षेत्र सहकारी, घरजग्गा, शेयर बजार, क्यासिनो जस्ता क्षेत्रको सघन सुपरिवेक्षण हुने बताए ।

लगानीकर्ताको हित संरक्षण गर्न नियामक नेपाल धितोपत्र बोर्डको संरचनात्मक सुधार गर्ने, नेप्से र सीडीएस एण्ड क्लियरिङको पनि संरचनात्मक सुधार गरिने उनले बताए ।

अर्थमन्त्री पुनले जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गरिने, जोखिममा आधारित क्षेत्रगत मूल्यांकन नियमन तथा सुपरिवेक्षण अनुसन्धान र अभियोजन कार्य प्रभावकारी बनाइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *