जनआक्रोश व्यवस्थाविरुद्धको होइन, थिति बसाल्न प्रण गरौँ : गगन थापा – Nepal Press

जनआक्रोश व्यवस्थाविरुद्धको होइन, थिति बसाल्न प्रण गरौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा जनतामा निराशा र आक्रोश बढेको बताएका छन्।

दोष व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृत्तिको भएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘२०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण । आज १७ औँ गणतन्त्र । व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष व्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृत्तिको हो। बदलिन र बदल्न, सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन्। आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ, थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौँ।’

यही निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहँदै लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउन एकजुट हुनुपर्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर