छानबिन समितिको कार्यादेशमा सरकारसँगको सहमति कांग्रेसद्वारा अनुमोदन – Nepal Press

छानबिन समितिको कार्यादेशमा सरकारसँगको सहमति कांग्रेसद्वारा अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टीओआरसम्बन्धी सहमतिको अनुमोदन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । उनले कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने बताए ।

उनले भने, ‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ । आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट कार्यादेश पारित हुनेगरी प्रस्तुत हुन्छ । हामी समितिमा बस्नेको नाम तीन बजेसम्ममा दिइसक्छौं ।’

हिजो अबेरसम्म बालुवाटारमा बसेको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भइसकेको छ । जसमा एमाले र कांग्रेसबाट दुई/दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक/एक जना रहने छन् ।

आज बस्ने कार्यदल बैठकले कार्यादेशलाई अन्तिम रूप दिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर