कांग्रेस संसदीय दलको बैठक बस्दै – Nepal Press

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए ।

उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

सरकारले मंगलावार नै बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर