पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित – Nepal Press

पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

काठमाडौं । टी-२० विश्वकप अन्तर्गतको पहिलो औपचारिक वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । अमेरिकाको डलासमा गएराति भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलामा मात्र १ सय २० रनमा समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे । अनिलकुमार शाहले २४, आसिफ शेखले २२ र कुशल भुर्तेलले १० रन बनाए ।

बलिङमा क्यानडाका डिलन हेलिगर सर्वाधिक ४ विकेट लिए । जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । क्यानडाका निकोशल किर्तनले सर्वाधिक ५१ रन जोडेका थिए ।

बलिङमा नेपालका अभिनास बोहराले २, सागर ढकाल, करण केसी, गुल्सन झा, सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिएका थिए ।

नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर