सरकार र कांग्रेसबीच अनाैपचारिक सहमति, सदन सुचारु हुने – Nepal Press

सरकार र कांग्रेसबीच अनाैपचारिक सहमति, सदन सुचारु हुने

भाेलि ११ बजेसम्ममा छानबिन समितिकाे कार्यादेश टुंगिने

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी नेपाली कांग्रेसबीच सदन सुचारु गर्ने अनाैपचारिक सहमति भएको छ । कानूनमन्त्री पदम गिरीले भोलिदेखि संसद चल्ने सहमति भएको जानकारी दिए ।

आज बसेको दलहरुबीचको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलहरुबीच सहकारीका विषयमा संसदीय छानबिन समिति बन्ने र त्यसको पूर्णता दिन भोलि बिहान ११ बजे कानून मन्त्रालयलमा कार्यदलको बैठक बस्ने बताए । सो बैठकले बैठकलाई औपचारिकता दिइने उनले बताए ।

त्यस्तै, भोलि नै संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको उल्लेख गरे ।

यता नेपाली कांग्रेसका सचेतक रमेश लेखकले छलफल गम्भीर भएको र निष्कर्ष उन्मुख तथा सकारात्मक रहेको बताए । ठ्याक्कै नयाँ भएको के हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘नयाँ भएको भोलि फाइनल हुन्छ । भोलि कार्यदल बसेर टुंगिन्छ । बाँकी कुरा त्यही बैठकले निष्कर्ष दिन्छ ।’

संसदीय छानबिन समितिमा व्यक्तिगत नाम राख्ने विषयमा कांग्रेस पछि हटेको हो भन्ने प्रश्नमा लेखकले भने, ‘सहकारीमा भएको हिनामिना र अपचलनका बारेमा छानबिन हुन्छ, त्यसलाई भोलिको कार्यदलको बैठकले अन्तिम रुप दिन्छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर