बागमती प्रदेशको नीति तथा कार्यक्रम : प्रदेश बैंक निर्माण गरिने – Nepal Press

बागमती प्रदेशको नीति तथा कार्यक्रम : प्रदेश बैंक निर्माण गरिने

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश बैंक स्थापना गर्ने भएको छ । बागमती प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमख यादवचन्द्र शर्माले बागमती प्रदेश तहमा प्रदेश बैक स्थापना गरिने बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शर्माले प्रदेशमा रहेको विकट स्थानीय तहलाई सरकारले अनुदानको कार्यक्रमहरुमा थप गर्ने जनाए । प्रदेश तहमा विद्युतीय सवारीसाधनलाई प्रोत्सान गर्ने बताउँदै पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने यातायातका साधानलाई विद्युतिय बनाउने कार्यलाई अगाडी बढाउने बताए । उनले प्रदेश तहको यातायात क्षेत्रलाई ‘क्यासलेस’ बनाईने बताए ।

प्रदेश तहमा रहेको अस्थाई तथा करारका कर्मचारीलाई सामजिक सुरक्षाको दायरामा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई विस्तार गर्दै स्थानीय तहसँगको समन्वयमा समुदायसम्म सञ्चालन गरिने उनले बताए । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई समयानुकूल बनाउँदै कार्यान्वयन गरिने छ भन्दै शर्माले स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रियाशील बनाइने बताए ।

बागमती प्रदेश सरकारले निर्माण गर्ने भौतिक संरचनामा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गरिने घोषणा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर