अमेरिका विश्वको एक्लो महाशक्ति हो: राष्ट्रपति बाइडेन – Nepal Press

अमेरिका विश्वको एक्लो महाशक्ति हो: राष्ट्रपति बाइडेन

काठमाडौं । राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिका एक्लो महाशक्ति भएको बताएका छन् । अमेरिकाको सैन्य एकेडेमीबाट उत्पादित जनशक्तिलाई सम्बोधन गर्दै बाइडेनले यस्तो बताएका हुन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार बाइडेनले सम्बोधनमा भनेका थिए, ‘अमेरिकी सेनाकै कारण अमेरिकाले मात्रै गर्न सक्ने काम हामीले एक अपरिहार्य देश, एक्लो महाशक्ति र नेतृत्वदायी लोकतन्त्रको रुपमा गरिरहेका छौं ।’

बाइडेनले थपेका छन्, ‘हामीले भुल्नुहुन्न अमेरिका सर्वशक्तिमान छ, जब अमेरिकाले शक्तिको उदाहरणले मात्रै होइन उदाहरणको शक्तिले नेतृत्व गर्छ । त्यसको लागि तपाईंले ताली पड्काउन सक्नुहुन्छ ।’

बहुध्रुवीय विश्व व्यवस्था सुरु भएको कुराको अमेरिकासहित विश्वभर चर्चा भइरहेको समयमा बाइडेनले अमेरिका एक्लो महाशक्ति हो भनेर गरेको दाबीले बजार पाएको छ । रुसी मिडियाले यो मुद्दा समाचारमा उठाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर