रुपन्देहीमा दुई बहुउद्देश्यीय सहकारी मर्ज – Nepal Press

रुपन्देहीमा दुई बहुउद्देश्यीय सहकारी मर्ज

रूपन्देही । जिल्लाको बुटवलस्थित दुई बहुउद्देश्यीय सहकारी मर्ज भएको छ । सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था र आस्था बहुउद्देश्यीय सहकारी संस्था गाभिएर सामुदायिक आस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाममा एकीकृत कारोबार गरिएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं ९ र १३ मा कार्यालय स्थापना गरी कारोबार गर्दै आएका दुई सहकारी साझा अवधारणाअनुरूप एकीकृत भएको अध्यक्ष खेमप्रसाद लुइँटेलले बताए ।

सामुदायिकको शेयर ३ करोड १२ लाख १७ हजार ५०० र आस्थाको शेयर १ करोड ३४ लाख ५५ हजार ७०० छ ।
एकीकृतपश्चात् निक्षेपसहित दुवै संस्थाको संयुक्त पूँजी करिब ४० करोड पुगेको छ । संस्थाले उद्यमशीलतामार्फत स्वरोजगार सृजनालाई प्राथमिकता दिने अध्यक्ष लुइँटेलको भनाइ छ ।

एकीकृत संस्थाको सञ्चालक समिति अध्यक्षमा लुइँटेल, उपाध्यक्षमा शोभाकर पोख्रेल, सचिव ऋषिराम पाण्डे, कोषाध्यक्षमा युवराज घिमिरे र सहसचिवमा माया आचार्य छन् ।

त्यस्तै सदस्यहरूमा दुर्गाबहादुर क्षेत्री, किरण खनाल, खिमानन्द पौडेल, पुष्पा भुसाल, रीता घिमिरे र पुनम पाण्डे छन् । लेखा सुपरिवेक्षण समितिको संयोजक यमलाल भट्टराई तथा सदस्यहरूमा अशोक गैरे र अर्जुन गौतम छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर