मन्त्री महासेठ भन्छन्- बालेनले धूलो खन्याएकोमा गुनासो छैन, न्यूरोडमा फुटपाथ बनाउने कदम कानूनविपरीत (भिडिओ) – Nepal Press

मन्त्री महासेठ भन्छन्- बालेनले धूलो खन्याएकोमा गुनासो छैन, न्यूरोडमा फुटपाथ बनाउने कदम कानूनविपरीत (भिडिओ)

काठमाडौं । उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले न्युरोडमा फुटपाथ बढाउने काठमाडौं महानगरको कदम कानूनसम्मत नभएको बताएका छन् ।

आइतबार संसद भवन सञ्चारकर्मीसंग कुरा गर्दै महासेठले सडक बिभागमा धुलो खन्याउने कदमप्रति कुनै गुनासो नभएपनि न्युरोडमा फुटपाथ बढाउने नाममा सार्वजनिक बाटोको चौडाइ घटाउने काम कानूनसम्मत नभएको बताएका हुन् ।

कानूनसम्मत नभएकै कारण सडक विभागले त्यसलाई रोकेको उनले बताए । महानगर प्रमुख बालेन शाहले कलंकी–महाराजगन्ज सडकको बिषयमा उठाएका विषय सकारात्मक भएको भन्दै उहाले त्यसप्रति कुनै आपत्ती नभएको धारणा राखे । महानगरको कदमप्रति सरसल्लाह भइरहेको उनको भनाइ छ ।

कलंकी–महाराजगन्ज सडक निर्माणका लागि आन्तरिक स्रोतबाट पनि बजेट व्यवस्थापन गरिएको उनले जानकारी दिए । कलंकी–महाराजगञ्ज सडक विस्तार सुस्त भएको र त्यसका कारण जनतालाइ समस्या भएको भन्दै महानगरले विरोध स्वरुप शनिबार मिनभवनस्थित सडक विभागमा एक ट्रक धुलो खन्याएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर