सुदूरपश्चिममा कांग्रेस र नाउपा रेशम पक्षले बहिष्कार गर्‍यो प्रदेशसभा बैठक, राप्रपा सांसद विपक्षी बेन्चमा – Nepal Press

सुदूरपश्चिममा कांग्रेस र नाउपा रेशम पक्षले बहिष्कार गर्‍यो प्रदेशसभा बैठक, राप्रपा सांसद विपक्षी बेन्चमा

कैलाली । सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ । चौथो अधिवेशनको पहिलो बैठक प्रारम्भ भएलगत्तै कांग्रेस र नाउपा रेशम पक्षले उठेर विरोध गरेको थियो । कांग्रेस र नाउपा रेशम पक्षले बैठक बहिष्कार गरेपछि अहिले बैठक जारी छ ।

यहाँ कांग्रेसका १८ र नाउपा रेशम पक्षमा ५ सांसद छन् । नाउपाका २ सांसद भने सत्ता पक्षमा छन् । दुवै प्रदेश सरकारमा मन्त्री छन् । राप्रपा सांसद भने विपक्षी बेन्चमा छिन् ।

यसअघि राप्रपाले पनि बैठक बहिष्कार गरेको थियो । अहिले भने कांग्रेस र नाउपा रेशम पक्षले विरोध गर्दा राप्रपा सांसद खेमा देबि बिष्ट बेञ्चमै बसेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर