भक्तपुर सांगीतिक समाजको अध्यक्षमा अल्बर्ट बज्राचार्य सर्वसम्मत – Nepal Press

भक्तपुर सांगीतिक समाजको अध्यक्षमा अल्बर्ट बज्राचार्य सर्वसम्मत

भक्तपुर । भक्तपुर सांगीतिक समाजको अध्यक्षमा अल्बर्ट बज्राचार्य सर्वसम्मत भएका छन् ।

समाजको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले बज्राचार्य अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो, जसअनुसार उपाध्यक्षमा इन्दिरा लाछिमस्यू र शशि कायष्ठ कसपाल, सचिवमा मानसराज बोहरा र कोषाध्यक्षमा श्रीहरि दाहाल रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा रोशन धौभडेल, श्रीजल मधिकर्मी, अनिता आचार्य, रशिल शाक्य, हरिसुन्दर लाखे श्रेष्ठ, रामहरि ताम्राकार, किरण सुवाल र रविन थापा निर्वाचित भएका छन् ।

साधारणसभा उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्माले भक्तपुरमा पनि छुट्टै संगीतकर्मीहरु क्रियाशील भई निरन्तर सांगीतिक कार्यक्रम गर्दैमा आभार व्यक्त गरिन् ।

समाजकाे तर्फबाट कुलपति शर्माले भक्तपुरका युवा गायक कुम्ह सागरलाई यस वर्षको र बाँसुरीवादक यजु आचार्यलाई गत वर्षके न्हुँछेलक्ष्मी मुनंकर्मी युवा पुरस्कारबाट सम्मान गरेकी थिइन्  ।

भक्तपुरबाट सांगीतिक क्षेत्रमा उदाउँदै गरेका युवा कलाकारलाई हौसला दिन र प्राेत्साहन दिन सम्मान गरिएको समाजले जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *