नीति तथा कार्यक्रममा पौडेलको टिप्पणी- नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’ (भिडिओ) – Nepal Press

नीति तथा कार्यक्रममा पौडेलको टिप्पणी- नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले नेपालको सन्दर्भमा समाजवादको आधार तय गर्न सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभामा आइतबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले नेपाली मोडलको समाजवाद ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै यो राष्ट्रिय आकांक्षामा सबै दलहरू सहमत रहेको दाबी गरे ।

पौडेलले भने, ‘सरकारको नीति तथा कार्यक्रम यति राम्रो छ कि विपक्षीले पनि बेल घेरेर नारा लगाउने भन्दा पनि यसमा सहभागी भएर ताली बजाउनुपर्ने खालको रहेको छ । यसले अलमलिएको विकास प्रयासलाई लिकमा ल्याएको छ र नेपाली शैलीको समाजवादको बाटो देखाएको छ ।’

नेता पौडेलले आन्तरिक ऋणको प्रयोग पुँजी वृद्धि र उत्पादनमूलक काममा मात्र खर्च गर्ने नीति लिइनु राम्रो रहेको भन्दै यसले सहकारी क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि विशिष्ट प्रकारको नियामक निकाय गठनको उद्देश्य राखिएको बताए ।


प्रतिक्रिया

One thought on “नीति तथा कार्यक्रममा पौडेलको टिप्पणी- नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’ (भिडिओ)

  1. ४७ सालदेखि यो देश लुटिरहेका लुटेरा र देश बेचुवाका मतियारहरू नै नारा लगाउँदै । यिनलाई यो देशमा राजनीति गर्न बन्देज गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर