प्रतिपक्षी सांसदहरूद्वारा संसद अवरोध, फुत्किँदै अर्थमन्त्री रोष्टममा (भिडिओ) – Nepal Press

प्रतिपक्षी सांसदहरूद्वारा संसद अवरोध, फुत्किँदै अर्थमन्त्री रोष्टममा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस लगायत प्रतिपक्षी सांसदहरूले आज पनि संसद अवरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई बोल्न समय दिएपछि कांग्रेसले संसद अवरोध गरेको हो ।

प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री फुत्किएर रोष्टममा पुगेका छन् । उनलाई मर्यादा पालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्‍याएका हुन् ।

उनले चालू आर्थिक वर्षको आर्थिक सर्भेक्षण पेश गरिरहेका छन् । प्रतिपक्षी सांसदहरूले भने नाराबाजी गरिरहेका छन् । अर्थमन्त्रीलाई रोक्ने प्रयासमा केही बेर दुई पक्षबीच धकेलाधकेल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर