कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेताबीच बैठक बस्दै – Nepal Press

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेताबीच बैठक बस्दै

काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआरं) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बैठक बस्दै छ ।

शनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि आज बिहान ९ बजे बैठक बस्न लागेकाे हाे ।

तीन दलमा शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर बैठक बस्दैछन् ।  हिजो बसेको कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्याउने बाँकी काम आज शीर्ष नेताबीचको बैठकले गर्ने बताए ।

स्रोतका अनुसार कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्न सहमत भएको थियो, तर पछि गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक (एमडी) भनेर लेख्नुपर्ने नयाँ अडान लिएको छ । यसमा सत्तापक्ष सहमत छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर